Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


‘नेपालमा आयुर्वेद, योगसम्बन्धी अनुसन्धान गर्ने विश्वविद्यालय स्थापनाको तयारी’


0
Shares

काठमाडौं, असोज १७ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अनुसन्धान गर्ने विश्वविद्यालय स्थापना गर्ने तयारी भइरहेको बताएका छन् ।

आचार्य बालकृष्णले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पतञ्जलि योगपीठले आयुर्वेद अनुसन्धानका लागि नेपालमा विश्वविद्यालय स्थापना गर्न नेपाल सरकारसँग पनि छलफल भइरहेको बताए ।

त्यस्तै, नेपालका बालबालिकालाई लक्षित गर्दै खेल विद्यालयको स्थापनाको तयारी पनि भइरहेको उनले जानकारी दिए ।

नेपालमा विश्वविद्यालय र विद्यालयका साथै ‘स्वस्थ नेपाल, समृद्ध नेपाल र शिक्षित नेपाल’को भावनाले आफूले नेपालमा विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनले बताए ।

आचार्य बालकृष्णले नेपालमा जडीबुटीको भन्डार रहेको भन्दै जडीबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सिर्जना गरिनुपर्नेमा जोड दिए ।

आचार्य बालकृष्णले पतञ्जलि योगपीठले नेपालसहित विभिन्न देशको मापदन्डअनुसार नै आयुर्वेद औषधि उत्पादन गरिरहेको दाबी पनि गरे ।

त्यस्तै, योगको संगठनको काम विश्वभर नै राम्रो भइरहेको जानकारी दिँदै उनले संस्थागत ढंगले पनि योग शिक्षालाई तीव्रता दिइएको बताए ।