२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


झापाका नदीमा तटबन्ध निर्माणको तयारी, चिनियाँ प्राविधिक टोलीले अध्ययन गर्दै


0
Shares

रविन भट्टराई/ईमेज:

झापा । नेपाल र चीनबीच तटबन्ध निर्माणको सहमति भएपछि झापाका विभिन्न नदीमा चिनियाँ प्राविधिक टोलीले अध्ययन सुरु गरेको छ ।

बाढीले जोखिमयुक्त नदीहरुमा तटबन्ध निर्माण गरिदिने सम्झौता अनुसार चिनियाँ टोलीले माटो परीक्षण र नदीको बहावबारे अध्ययन गरिरहेको हो ।

गत असार गते चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी ओलीले बाढीको जोखिम रहेका क्षेत्रमा चीनलाई  तटबन्ध निर्माण गरिदिन प्रस्ताव गरेका थिए ।

चिनियाँ पक्षले तट निर्माण गरिदिने सम्झौता गरेको थियो । सोही सम्झौताबमोजिम चिनियाँ प्राविधिक टोलीले गत साउनमा झापाका ९ नदीमा अध्ययन गरेको थियो ।

अहिले दोस्रोपटक आएको टोलीले पुनः माटोको परीक्षण गर्न लागेको छ ।

गत आइतबार झापा आइपुगेको टोलिले स्थानीय जनप्रतिनिधिसँग छलफल गरी सोमबारबाट माटो संकलनको काम सुरु गरेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोेर्तेलले जानकारी दिए ।

जसअनुसार चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीका भ्mयाङ चेङ्झि नेतृत्वको चार सदस्यीय टोलीले पहिलो चरणमा नौवटामध्ये पाँचवटा नदिको माटो संकलन परीक्षण गर्नेछन् ।

र त्यसको रिपोर्ट आएपछि काम सुरु गर्ने चिनियाँ सरकारको तयारी रहको जनताको तटबन्ध कार्यक्रमका ईन्जिनियर यादव बराल बताउँछन् ।

चीनियाँ टोलिले तटबन्धनका लागि आवश्यक ढुङ्गा, माटो लगायतका निर्माण सामग्री वरिपरी पर्याप्त नभएकोले पहाडि क्षेत्रबाट ल्याउने तयारी छ ।

तटबन्ध अन्तर्राष्ट्रिय मापदण्डको बनाइने टोलीले जनाएको छ ।

झापामा रहेका निन्दा, हडिया, बिरिङ, माई, कमल, कृष्णे, रतुवा, मावा र सतासी नदीमा आउने बाढीले बर्षेनी ठुलो धनजनको क्षति गर्ने भएकाले यस सम्झौताअनुसार सबै काम भए  वर्षेनी हुने बाढीको क्षति पक्कै न्युनीकरण हुनेछ ।