लमही, असोज १६ । दाङको टरिगाउँ विमानस्थलकोे सफल परीक्षण गरिएको छ ।
नेपाल एअरलाइन्सले गरेको परीक्षण उडानमा प्राविधिकसहितको टोली सहभागी रहेको थियो ।
परीक्षणकाक्रममा क्याप्टेन आङ्नुरी शेर्पाले विमान सन्चालनका लागि प्राविधिक कठिनाइ नरहेको बताए ।
मंगलबार बिहान ११ः३० बजे विमानस्थलमा नेपाल एअरलाइन्सको १६ सिट क्षमता भएको ‘डाँफे’ विमान अवतरण गरेको थियो ।
तुलसीपुर उपमहानगरपालिकासँग सम्झौता गरेर हप्तामा कति दिन विमान सेवा सन्चालन हुने र भाडा कति हुने भन्ने विषयमा टुंगो लाग्ने बताइएको छ ।
लामो समयदेखि टरिगाउँ विमानस्थल नियमित सन्चालन हुन सकेको थिएन । रासस









प्रतिक्रिया दिनुहोस्