१७ भाद्र २०८२, मंगलबार | Tue Sep 2 2025


अस्पतालमा यौन हिंसा (भिडियो रिपोर्ट)


0
Shares

प्रतीक्षा खनाल/लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, असोज १५ । उपचारका लागि अस्पताल जाने जो–कोहीलाई पनि चिकित्सकप्रति ठूलो भरोसा हुन्छ । तर, तिनै अस्पतालमा कहिले–काहीँ अप्रिय घटनासमेत हुने गर्दछ ।

खासगरी कतिपय महिला बिरामीले चिकित्सक र अस्पतालका पुरुष कर्मचारीबाटै यौनदुर्व्यवहार सहनुपर्ने अवस्थासमेत आउने गर्दछ ।

उपचारका लागि अस्पताल पुगेका बिरामीले शारीरिक र मानसिक दुवै किसिमको हिंसा भोग्नुपर्ने तीतो यथार्थ हाम्रो समाजमा कहिले–काहीँ देखिने गरेको छ ।

अन्य स्थानमा महिलामाथि हुने गरेको हिंसाका घटना सजिलै बाहिर आउने गरे पनि स्वास्थ्य संस्थामा उपचारकाक्रममा हुने हिंसाका घटना भने विरलै सार्वजनिक हुने गरेका छन् ।

स्वास्थ्य संस्थामा हुने गरेका विभिन्न हिंसामध्ये यौनजन्य हिंसाबाट पनि महिला बिरामी पीडित भइरहेको दाबी महिला अधिकारकर्मी शर्मिला श्रेष्ठको छ ।

चिकित्सकदेखि अस्पतालमा कार्यरत् पुरुष कर्मचारीसम्मबाट महिला बिरामीहरु पीडित हुने गरेको उनको दाबी छ ।

कतिपय बिरामीलाई भने आफू यौनहिंसाको सिकार भएको थाहा नै नहुने भन्दै श्रेष्ठले सो विषयमा अध्ययन र चर्चा हुनु जरुरी रहेको बताइन् ।

कतिपय मुलुकका अस्पतालले पुरुष चिकित्सकबाट महिलाको उपचार गराउँदा अस्पतालका महिला कर्मचारीको संलग्नता अनिवार्य गर्ने गरेका छन् ।

जसका कारण महिला बिरामीहरुले सुरक्षित महसुस गर्न सक्छन् भने दुर्व्यवहार र हिंसा हुने सम्भावना पनि हुँदैन ।

विश्वका थुप्रै राष्ट्रहरुले यससम्बन्धी अध्ययन–अनुसन्धान गरी त्यसविरुद्धका कानुनसमेत बनाएका छन् । तर, नेपालमा भने अहिलेसम्म त्यस्तो व्यवस्था गरिएको छैन ।

भिडियो हेर्नुहोस्