Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


वीरगन्ज महानगर भित्रका सडकमा अवरोध गर्ने सामाग्री हटाउन सुरु


0
Shares

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सडकलाई अवरोध हुने गरी राखिएका सामग्री हटाउन सुरु गरेको छ ।

कतिपय सडकमा जथाभावी निर्माण सामग्रीलगायत अन्य सामान थुपारिँदा सवारी सञ्चालनमा अवरोध आउन थालेपछि महानगरपालिकाले त्यस्ता सामग्री जफत गरी कारबाही सुरु गरेको हो ।

महानगरपालिकाले एक सातादेखि भित्रि बाइपास, रानीघाट तथा वाइपासमा सडक पेटी अतिक्रमण गरी राखिएका सामान जफत गरिरहेको जनाएको छ ।

पटक पटक सूचना गरेर सडक पेटीमा राखिएको सामान हटाउन महानगरपालिकाले अनुरोध गरे पनि स्थानीयले अटेरी गरेपछि त्यस्ता सामान जफत गर्न थालिएको हो ।