Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


कृषकहरुलाई पशुपालनमा आकर्षण बढाउन वडाध्यक्ष आफैं बाख्रापालनमा


0
Shares

धनकुटा । स्थानीयवासीलाई पशुपालनमा आकर्षित गरी आत्मनिर्भर बनाउन अभिप्रेरित गर्ने उद्देश्यले धनकुटा नगरपालिकाका जनप्रतिनिधि नै बाख्रापालनमा लागेका छन् । 

धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले व्यावसायिक बाख्रापालन सुरु गरेका हुन ।

वडाबासीलाई बोलीले भन्दा पनि कामले प्रेरित गर्ने उद्देश्यले आफैंले बाख्रापालन गर्न सुरु गरेको उनले बताए ।

२० रोपनी जग्गा भाडामा लिएर करिब १५ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण गरी एक जोडी शुद्ध अफ्रिकन बोयर र अन्य जातका बाख्रापालन सुरु गरेको उनले जानकारी दिए ।

आफ्नो.फर्ममा उत्पादित शुद्ध बोयर जातको बाख्रा गाउँमा वितरण गरि किसानलाई व्यवसायतर्फ अग्रसर गराउने उद्देश्य रहेको उनको भनाइ छ ।

बाख्रा पालनका लागि उनले एक जना कामदारसमेत राखेका छन् ।