काठमाडौं, असोज १५ । मासु व्यवसायीहरुले सरकारले व्यापारीका विषयमा भ्रम छर्नेमात्र काम गरेको आरोप लगाएका छन् ।
सरकारले व्यापारीलाई बढी पैसा असुल्न खोज्ने देखाएर छविमात्र बिगार्न लागिपरेको उनीहरुको आरोप छ ।
सोमबार काठमाडौंमा काठमाडौं मिडियाले गरेको ‘स्वच्छ मासु र चाडपर्व’सम्बन्धी छलफल कार्यक्रममा उनीहरुले व्यापारीहरुलाई नराम्रोमात्र देखाउने काम गरिरहेको आरोप लगाएका हुन् ।
आफूहरु स्वच्छ मासु बिक्री गर्नका लागी प्रयासरत् रहेको उनीहरुको दाबी छ ।
खड्की सेवा समिति सदस्य मनोज नेवा खड्कीले सरकारले नकारात्मक भ्रम छर्नेमात्र काम गरिरहेको र व्यापारी भन्दैमा नाफा कमाउनेमात्र सोच्ने वर्ग भनी चित्रण गरेको भन्दै सरकारको चर्काे आलोचना गरे ।









प्रतिक्रिया दिनुहोस्