काठमाडौं, असोज १५ । सोमबार पनि सेयरबजारमा ‘वियरिष ट्रेन्ड’ जारी रह्यो । यसदिन दोहोरो अंकको गिरावट कायमै रह्यो ।
बजार परिसूचक नेप्से १८ अंकले झरेर १२ सय ३८ मा आएर थामियो । नेप्सेमा झन्डै डेढ प्रतिशतको गिरावट आएको हो ।
उत्पादनमूलक समूहबाहेक अरु सबै समूहमा गिरावट आएको हो । जीवनबिमा समूहमा सबैभन्दा उच्च ७८ अंकको गिरावट आयो ।
निर्जीवन बिमा समूह पनि ७१ अंकले झर्यो । विकास बैंक समूह २९ अंकले ओरालो लाग्यो । वाणिज्य बैंक, होटल, लघुवित्त समूहमा पनि दोहोरो अंकको कमी आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका १७ लाख ६१ हजार कित्ता सेयर ५४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्