बुटवल, असोज १५ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशअन्तर्गत्का नगरपालिका र गाउँपालिकाहरुलाई सार्वजनिक सम्पत्ति संघ–संस्थालाई नबाँड्न निर्देशन दिएका छन् ।
बुटवलमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर–५ को प्रथम अधिवेशनलाई सोमबार सम्बोधन गर्दै उनले स्थानीय तहलाई सार्वजनिक जग्गाको संरक्षण गर्ने अधिकारमात्रै भएको तर जग्गा बाँड्ने अधिकार नभएको स्पस्ट पारे ।
मंगलबारसम्म चल्ने अधिवेशनमा ७३ ओटा गाउँपालिकाका २९२ जना जनप्रतिनिधिहरु सहभागी छन् ।








प्रतिक्रिया दिनुहोस्