काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन्। काभ्रेको बनेपाका कुमार राज र धादिङको गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने सुर्खेतका किशोर जंग शाहीले यामाहा रे जेडआर स्कुटर जितेका छन्।
म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यानमार्फत उनीहरूले दशैंको अवसरमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन्। क्यान खोल्नेबित्तिकै पुरस्कार जित्न पाउँदा विजेताहरूको दशैंको खुसी थपिएको छ।
पुरस्कार जित्दाको अनुभव सुनाउँदै धादिङको गल्छीका विजेता सञ्जोग रिमालले क्यान खोल्दा यति ठूलो सरप्राइज पाइएला भन्ने कल्पनासमेत नगरेको बताए। पुरस्कार जितेको थाहा पाएपछि सुरुमा विश्वास गर्न गाह्रो भएको उल्लेख गर्दै उनले यसपालिको दशैं म्याक्स टाइगरले साँच्चिकै विशेष बनाइदिएको प्रतिक्रिया दिए।
म्याक्स टाइगरले ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित विशेष कार्यक्रममार्फत ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको थियो। अभियानअन्तर्गत १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल, १८ जनाले यामाहा रे जेडआर स्कुटर र एक जनाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जित्ने अवसर पाउनेछन्।
अभियानको सुरुवाती चरणमै तीन फरक स्थानका उपभोक्ता विजेता बनेपछि दशैंको उत्साह थप बढेको कम्पनीले जनाएको छ। दशैंको अवसरमा उपभोक्तालाई पेय पदार्थसँगै खुसी, रोमाञ्च र अविस्मरणीय अनुभव प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान जारी रहेकाले उपभोक्ताले अझै पुरस्कार जित्ने अवसर पाउनेछन्। म्याक्स टाइगरका प्रत्येक क्यानसँग जोडिएको सरप्राइजले उपभोक्तामा थप उत्सुकता जगाएको छ। यस दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै अर्को पुरस्कार आफ्नै नाममा पर्ने हो कि भन्ने उत्सुकता पनि बढिरहेको छ।







प्रतिक्रिया दिनुहोस्