Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


चोलेन्द्र र निकटका ब्यक्तिहरुका घरमा छापा


0
Shares

काठमाडौं ।
सम्पत्ति शुद्धीकरण विभागले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र उनका केही आफन्तलगायको घरमा छापा मारेको छ ।

विभागको टोलीले आज दिउँसो काठमाडौं बाँसबारीस्थित चोलेन्द्रको घरमा छापा मारेको हो । त्यसअघि विभागको टोलीले चोलेन्द्रका भाइ प्रभु शमशेर राणा, ज्वाईँ पर्ने नवीन बस्नेत, नवराज थपलिया, दीपक तिमिल्सिना र नारायण दाहालको घरमा पनि छापा मारेको बुझिएको छ ।

राणाका अरु केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको थियो । छापा मारिएका घरहरुबाट महत्वपूर्ण कागजात फेला परेको दाबी पनि विभागको छ ।

पूर्व प्रधानन्यायाधीश राणा सरकार विरुद्धको साँठगाँठमा लागेको आरोपमा प्रहरीले केही दिन अघि राणालाई पक्राउ गरेर केही घण्टा हिरासतमा राखेको थियो भने उनीसंग जोडिएका सशस्त्र प्रहरीका एआइजी वंशीधर दाहाल निलम्वनमा परेका छन् ।