१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


शेयर बजार नगन्य अंकले सकारात्मक


0
Shares

काठमाडौं, असार ७ । साताको अन्तिम दिन विहीबार शेयर बजार नगन्य अंकले मात्र हरियो रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले सकारात्मक रहेर १२ सय १८ कायम भएर थामियो । यस दिन आधार समूह हरियो रहे भने आधा रातो ।

बीमा, अन्य, जलविद्युत, वित्त र वाणिज्य बैंक समूह हरियो रहेका हुन् भने होटल, लघुवित्त, व्यापार, विकास बैंक र उत्पादनमूलक समूह रातो रहे । कारोबार भने यस दिन पनि न्यून नै रह्यो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६३ कम्पनीको ६ लाख २३ हजार कित्ता शेयर जम्मा १९ करोड ६६ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।