२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


इलाममा बजार अनुगमन सुरु, सिन्धुलीमा महंगी बढ्यो


0
Shares

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले बजार अनुगमन सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय इलामको संयोजनमा जिल्ला प्रहरी, सशस्त्र प्रहरी, इलाम नगरपालिका, उद्योग वाणिज्य संघलगायतसँगको समन्वयमा सदरमुकामका पसलमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा मासु तथा माछा पसलको सरसफाईमा ध्यान नदिएको, बासी र सडेगलेका माछामासु बिक्रीवितरण भइरहेको पाइएको छ ।

त्यसैगरी पसलहरुमा मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बिक्री हुने गरेको पाइएको छ । अनुगमन टोलीले केही सामान बरामदसमेत गरेको छ ।

यता, दसै तिहार नजिकिँदै जाँदा सिन्धुली सदरमुकामलगायत प्रमुख बजारमा दैनिक उपभोग्य सामानमा एक्कासी मूल्य बढ्दा उपभोक्ता पीडित बनेका छन् ।

दसैं तिहार जस्ता महत्वपूर्ण चाडपर्वको मौका छोपी व्यापारीले चिनी, मसला, चामललगायतका सामानमा चर्को मूल्य वृद्धि गराएपछि उपभोक्ताको ढाड सेकिएको छ ।

सरकारी अनुगमनकारी निकायले नियमित अनुगमन गर्न नसक्दा व्यापारीले मनपरी मूल्य निर्धारण गरी सामानको बिक्रीवितरण गरिरहेका छन् ।

यातायात व्यवसायीले पनि दसैंको मुखमा मनपरी भाडा असुल गरिरहेको गुनासो यात्रुले गरेका छन् ।