काठमाडौं, असोज १४ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।
राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच महिला बाल–बालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले चन्द्रागिरि हिल्स लिमिटेडका लागि उक्त सम्मान महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेकी हुन् ।
नेपालको पर्यटन प्रवर्द्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको अपाङ्ग महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्