काठमाडौं, असोज १४ । आइतबार शेयर बजारमा गिरावट जारी रहेको छ । यस दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले झर्यो ।
नेप्से १० अंकले घटेर १२५६ मा आएर थामियो । व्यापार समूह न्यून अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे ।
निर्जीवन बीमा समूहमा सबैभन्दा उच्च ५८ अंक, उत्पादनमूलक र होटल समूहमा पनि ३५-३५ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीको २१ लाख बढी कित्ता शेयर जम्मा ५९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्