१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


पाशुपत क्षेत्रलाई एकदिने गन्तव्य स्थान बनाउने लक्ष्य : मन्त्री अधिकारी


0
Shares

काठमाडौं, असोज १४ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले आज पशुपति क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

२०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माणबारे जानकारी लिन पुगेका मन्त्री अधिकारीले निर्माणकार्य दु्रत गतिमा अघि बढेको बताए । उनले पाशुपत क्षेत्रलाई एक दिने गन्तव्य स्थान बनाउने लक्ष्य राखेर निर्माणकार्य सम्पन्न गरिने जानकारी दिए ।

पशुपति क्षेत्रमा सवारी आवागमन रोकेपछि वृद्धवृद्धा र अशक्तलाई पर्न गएको असुविधालाई मध्यनजर गरी आजबाट २ वटा विद्युतीय टेम्पो निःशुल्क सञ्चालनमा ल्याइएको छ । साथै नयाँ बनाइएको लकर पनि पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ ।