Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


रास्वपा सभापति र चिनियाँ राजदुतबीच भेटवार्ता


0
Shares

काठमाडाैं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ ।

भेटमा राजदुत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतीबारे दु:ख ब्यक्त गर्नुभयो । खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउदै उहाले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभयो ।

विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चिनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उहाले दिनुभयो ।
भेटमा सभापति लामिछानेले विपद्का समयमा चिनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

नेपालको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हेने बताउदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गर्नुभयो ।