१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


तेह्रथुम जिल्ला अदालतबाट ७७ प्रतिशत मुद्दा फछ्र्यौैट


0
Shares

तेह्रथुम । तेह्रथुम जिल्ला अदालतले गत आर्थिक वर्ष २०७४/७५ मा ७७ प्रतिशत मुद्दा फछ्र्यौैट गरेको छ ।

जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएकासमेत गरी कूल २ सय १३ वटा मुद्दामध्ये १ सय ६४ थान मुद्धा फछ्र्यौट गरेको हो ।

७५ प्रतिशत मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेको अदालतले लक्ष्यभन्दा दुई प्रतिशत बढी मुद्दा छिनोफानो गरेको हो ।

अघिल्लो आर्थिक वर्षबाट चालू वर्षका लागि ४९ वटा मुद्दाको जिम्मेवारी सरेको छ ।

अदालतमा १८ महिनाभन्दा पुराना मुद्दा नरहेको समेत जनाइएको छ ।

जिल्ला अदालतले विभिन्न समयमा फैसला गरेकामध्ये आर्थिक वर्ष २०७४/०७५ मा १ सय ४६ वर्ष ११ महिना ५ दिनको कैद भुक्तानी भएको छ ।

जिम्मेवारी सरेको ३ सय ९६ वर्ष ४ महिना २७ दिन र नयाँ फैसलाबाट तोकिएको १ सय २२ वर्ष ३ महिना ५ गरी कुल ५ सय १८ वर्ष ८ महिना २ दिनमध्ये १ सय ४६ वर्ष ११ महिना ५ दिनको कैद भुक्तानी भएको अदालतले जनाएको छ ।

यस्तै जिल्ला अदालतले ७३ लाख २७ हजार ४ सय ७१ रुपैयाँ जरिवाना असुल गरेको छ ।

अदातलका अनुसार दर्ता भएकामध्ये सबैभन्दा धेरै महिला हिंसा र सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा रहेका छन् ।