१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


मुलुकमा शान्ति सुरक्षाको अवस्था निकै सुधार भइसक्योः गृहमन्त्री


0
Shares

विराटनगर । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो छ महिनामा मुलुकको शान्ति सुरक्षाको अवस्थामा निकै सुधार भएको दाबी गरेका छन् ।

विराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री थापाले देश टुक्र्याउन चाहानेलाई सरकारले कुनै पनि हालतमा छुट नदिने बताए ।

उनले अहिलेको सरकार मुलुकको रक्षा र स्वाधिनताको पक्षमा रहेको र देश टुक्र्याउन खोज्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिए ।

गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन उच्च स्तरीय छानविन समितिले सरकारलाई प्रतिबेदन बुझाइसकेकाले समय आएपछि सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

गृहमन्त्री थापा केही दिन अघि हत्या गरिएका सुनसरीको हरिनगराका खुर्शिद आलम अन्सारीका परिवारलाई भेट्न आज सुनसरी पुगेका हुन् ।