Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


सीमा सुरक्षामा थप जिम्मेवार बन्न संगठनलाई सशस्त्र प्रहरीका महानिरीक्षक पौडेलकाे निर्देशन

समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्नुपर्नेमा जाेड

13
Shares

काठमाडाैं। सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा थप जिम्मेवार बन्न संगठनलाई निर्देशन दिनुभएकाे छ।

रूपन्देहीको विन्ध्यवासिनी बाहिनी मुख्यालयमा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिएका हुन् । संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थ भन्दा राष्ट्र हितमा प्रयोग गर्न उहाँको निर्देशन छ ।महानिरीक्षक पौडेलले समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्नुपर्नेमा जाेड दिनुभयाे।

नागरिकको सेवा, शान्ति सुरक्षाको कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने महानिरीक्षक पौडेलको भनाइ छ । मानवअधिकारको सम्मान गर्दै आवश्यकता अनुसार मात्र बल प्रयोग गर्न उहाँले निर्देशन दिनुभयाे।