नारायणी लामिछाने (इमेज)
काठमाडौं, असोज १३ । प्रत्येक वर्ष सरकारले सुपथ मूल्य पसल सन्चालनमा ल्याउँदै आएको छ । यो वर्ष पनि शुक्रबारदेखि यस्ता पसल सन्चालनमा ल्याइएको छ ।
तर, उपभोक्ताको संख्याको तुलनामा अत्यन्त न्यून संख्यामा सन्चालनमा ल्याइएका यस्ता पसलले उपभोक्तालाई राहत दिएको छ त ?
३० लाख बढी जनसंख्या रहेको काठमाडौं उपत्यकाका जम्मा ९ ओटा स्थनामा सुपथ मूल्य पसल सन्चालनमा ल्याइएको छ । तीनओटा घुम्ती सेवा सन्चालन गरिएको छ ।
सस्तो पसलको नाममा सरकारले केही स्थानमा पसल सन्चालनमा ल्याउँदैमा त्यसले राम्रो प्रभाव पार्न नसक्ने उपभोक्ता बताउँछन् ।
यसले न त उपभोक्ताको आवश्यकताको परिपूति गर्न सक्छ न त सरकारी उद्देश्य नै ।
मागको अनुपातमा सरकारले खाद्यान्न पुर्याउन नसक्दा समानता नहुने र व्यापारीको एकाधिकार पनि कायमै रहने बताउँछन्, अर्थविद् केशव आचार्य ।
मुलुक संघीयतामा गएपछि केन्द्रीय, प्रदेश र स्थानीय तहमा बजार विस्तार हुनुपर्ने र स्थानीयस्तरमा पनि सेवा पुग्नुपर्ने भएपनि तीन तहकै सरकार यसप्रति संवेदनशील नभएको उनको टिप्पणी छ ।
चाडपर्वका बेला प्रत्येक वर्ष सुपथ मूल्यका पसल सन्चालन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने सुपथ मूल्य पसलले उपभोक्तालाई सहज बनाएको दाबी गर्दछ ।
चाडपर्वका बेला बजारमा हुनसक्ने कृत्रिम मूल्यवृद्धि रोक्न र उपभोक्तालाई सहजता प्रदान गर्न यस्ता पसल सन्चालनमा ल्याइएपनि त्यो संख्या अत्यन्त कम छ ।
सरकार यसलाई केबल निरन्तरताकोमात्रै काम गरिरहेको देखिन्छ न कि वास्तवमै आमउपभोक्तालाई राहत दिन ।









प्रतिक्रिया दिनुहोस्