Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


साताभरि नेप्सेसहित कारोबारमा वृद्धि


0
Shares

काठमाडौं, असोज १३ । यो साता पुँजीबजारसहित कारोबार परिमाणमा पनि वृद्धि आयो ।

साताको सेयर बजार परिसूचक नेप्से पहिलो दिनको तुलनामा १० अंकले बढेर अन्तिम दिन १२ सय ६७ विन्दुमा पुग्यो । गत साता पनि नेप्से ११ अंकले बढेको थियो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १८९ कम्पनीहरुको तीन अर्ब ३० करोड ८१ लाख रुपैयाँ बराबरका एक करोड ६७ लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता पनि १८९ कम्पनीहरुकै दुई अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरका ९० लाख ७० हजार कित्ता सेयर किनबेच भएको थियो । कारोबार रकम गत साताकोभन्दा २६ प्रतिशत बढी हो ।

यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा प्रभु बैंक एवं कारोबार भएको सेयर संख्याको आधारमा क्यपिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधारमा प्रभु बैंकलाई एनआइसि एसिया बैंक, एनएमबि बैंक, नेपाल बैंक र कुमारी बैंकले क्रमशः पच्छ्याउन पुगे ।