काठमाडौं, असोज १३ । काठमाडौंमा शनिबारदेखि आधीआवादी महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
शनिबार भएको पहिलो खेलमा चितवन टाइगर्सले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
चितवन टाइगर्सले आर्मीलाई २५–२१, २५–१३ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो ।
दुवै टोलीले आफ्नो दोस्रो खेल समूह ‘ए’को अर्को टोली न्यू डाइमन्ड एकेडेमीसँग खेल्नेछन् ।
पाँचदिने प्रतियोगिता नेपाल भलिबल संघ र भारतको आधीआवादी फाउन्डेसनले आयोजना गरेका हुन् ।








प्रतिक्रिया दिनुहोस्