Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


‘पेट्रोलियम पाइपलाइन परियोजनाको कार्यप्रगति राम्रो’


0
Shares

जनकपुरधाम, असोज १३ । भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको कार्यप्रगति राम्रो भएको बताएका छन् ।

जनकपुरधाममा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले भने–‘परियोजनाको कार्यप्रगतिलाई हेर्दा समयमै पाइपलाइन विस्तारकार्य पूरा हुने संकेत गरेको छ ।’

भारतीय मन्त्री प्रधानले नेपाली जनताको भावनाअनुसार ३२२ करोड भारतीय रूपैयाँको लगानीमा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजना (६९ किलोमिटर) कार्यान्वयनमा रहेको उल्लेख गर्दै पेट्रोल आपूर्तिमा प्राकृतिक र अन्य जटिलता उत्पन्न नहोस् भन्ने कुरालाई पनि विशेष ध्यान दिइ पाइपलाइन विस्तारको कार्य भइरहेको जानकारी दिए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाको ६० प्रतिशत कार्य सम्पन्न भइसकेको बताउँदै ‘परियोजनाको कार्य सम्पन्नपछि पेट्रोलको आपूर्ति सहज र सरल ढंगले हुने र ढुवानी खर्चसमेत कम लाग्नेछ’–भने ।

आगामी दिनमा महेन्द्रनगर–मुजफ्फरपुर ग्यास पाइपलाइन विस्तारको सम्भावित अध्ययनबारे छलफल भइरहेको बताउँदै उनले धनुषा जिल्लाको धनुषाधाममा सीप विकास केन्द्रको स्थापना गर्ने योजना सम्बन्धमा भारतीय पक्षसँग छलफल भइरहेको उल्लेख गरे ।

एक प्रश्नको जवाफमा मन्त्री यादवले अन्तर्राष्ट्रिय मूल्यवृद्धिका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको बताए । रासस