काठमाडौं । सामाजिक सन्जाल फेसबुकका करिब ५ करोड प्रयोगकर्ताको डाटा चोरी भएको छ ।
ह्याकरले ह्याक गरेर डाटा चोरी गरेको फेसबुकले जनाएको छ । डाटा चोरी भएको विषयमा कम्पनीले आन्तरिक जाँच गरिरहेको जनाएको छ ।
ह्याकरहरुले ‘भ्यू एज’ फिचरमा हमला गरेर यसैमार्फत युजर अकाउन्टमा छिरेर डाटा चोरी गरेको बताइएको छ ।
डाटा चोरी भएको घटना सार्वजनिक भएपछि यो फिचरलाई अहिले डिसेबल गरिएको छ ।
फेसबुकका प्रोडक्ट म्यानेजमेन्टका उपप्रमुख गाई रोजनले डाटा चोरी भएको विषय २५ सेप्टेम्बरमा मात्र थाहा पाएको र त्यतिबेलासम्म करिब पाँच करोड प्रयोगकर्ताको डाटा चोरी भइसकेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्