दाङ । दाङमा व्यावसायिक रुपमा जमराको जुस उत्पादन गर्न थालिएको छ ।
तुलसीपुर तथा घोराहीलगायतका क्षेत्रमा व्यावसायीक रुपमा जमराको जुस उत्पादन गर्न थालिएको हो ।
जमराको जुस पिउँदा शरीर स्वस्थ हुने र विभिन्न रोग निको हुने भएपछि किसानले यसको व्यवसायिक उत्पादन सुरु गरेका हुन् ।
दैनिक विहान खाली पेटमा ३० एमएल जमराको जुस नियमित सेवन गर्न सके विभिन्न रोग निको हुने विश्वास गरिन्छ ।
जमराको जुसको माग बढ्दै गएपछि यसको व्यावसायिक उत्पादन गर्नेहरुले राम्रो आम्दानीसमेत गर्न थालेका छन् ।
दाङमा ३० एमएल जमराको जुस १ सय ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
व्यवसायिकरुपमा जमरा र जुस उत्पादन गरिरहेकी तुलसीपुरकी सरला लामिछानेले दैनिक एक सय जनासम्मलाई जुस बिक्री गर्ने गरेको बताइन् ।
७ देखि ९ दिनसम्मको जमरालाई जुस बनाएर खान सके फाइदा हुने योग गुरु देवराम आचार्यले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्