काठमाडौं, असोज १२ । नेपालको चितवनसम्मै ग्यास र पेट्रोलियम पाइपलाइन ल्याउन भारत सकारात्मक भएको छ ।
शुक्रबार काठमाडौंमा बसेको भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवबीचको बैठकमा भारत यस विषयमा सकारात्मक भएको जनाइएको छ ।
हाल अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म ल्याउने विषयमा छलफल भएको हो ।
यसैगरी, नेपालमा प्राकृतिक ग्यासको पाइपलाइन भैरहवासम्म विस्तार गर्ने सम्बन्धमा पनि भारतीय मन्त्री प्रधान सकारात्मक रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, नेपाली व्यवसायीका ग्यास बुलेट सन्चालन गर्न दिने विषयमा पनि भारत सकारात्मक रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्