काठमाडौं, असोज १२ । भूकम्पपछि पुनःनिर्माण कार्य सुरु भएका पाँच लाख ५५ हजार ६१२ निजी घरमध्ये दुई लाख ९६ हजार ५१४ घरको पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।
बाँकी दुई लाख ५९ हजार ९८ घर पुनःनिर्माण भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
कम प्रभावित १८ जिल्लाका तथ्यांक प्राप्त हुन बाँकी रहेकाले पुनःनिर्माण भएका घरको संख्या करिब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ ।
दसैं–तिहारपछि पुनःनिर्माण भइरहेका घरहरुको निर्माण सम्पन्न हुने र सुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्