काठमाडौं । जल तथा मौसम विज्ञान विभागले वर्षाको सम्भावना रहेकाले मंगलबार केही नदी तथा खोलामा बाढीको जोखिम रहेको बताएकाे छ ।
विभागले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे । यी जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ ।
बुधबार झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भएर बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाे हाे । मंगलबार र बुधबार मनसुनी गतिविधि बढ्ने र मधेश, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाे हाे ।










प्रतिक्रिया दिनुहोस्