Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


बजार अनुगमनलाई तीव्रता दिइने, गुणस्तरमा ध्यान नदिए कारबाही गर्ने मन्त्रीको चेतावनी


0
Shares

काठमाडौं, असोज १२ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमनलाई तीव्रता दिइने बताएका छन् ।

चाडपर्वलाई लक्षित गर्दै शुक्रबारदेखि काठमाडौंमा सुरु गरिएका सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री यादवले बजार अनुगमनलाई पनि तीव्रता दिइने बताए ।

उनले बिक्री गर्ने सबै सामानको गुणस्तरमा ध्यान दिन व्यवसायीलाई सुझावसमेत दिए ।

नाफा कमाउने उद्देश्यलेमात्र काम गरे र गुणस्तरीयतामा ध्यान नदिए व्यवसायीहरुलाई कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत उनले दिए ।

कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बजारको नियमित अनुगमन र निरीक्षण गरिने र सबै व्यवसायीले मूल्यसूची राख्नुपर्ने बताए ।

बजार अनुगमन तथा निरीक्षणमा समस्या भएमा आवश्यक कारबाही गर्ने चेतावनी उनले दिए ।

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले उपत्यकासहित देशका विभिन्न ४७ स्थानमा सुपथ मूल्यका पसल सन्चालनमा ल्याएको हो । यस्ता पसलमा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ ।