२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


उखु किसानको आन्दोलन स्थगित


0
Shares

नवलपरासी, असोज १२ । स्थानीय प्रशासनले समिति बनाएर भुक्तानी दिलाउने प्रतिबद्धता जनाएपछि पश्चिम नवलपरासीका उखु किसानको आन्दोलन स्थगित भएको छ ।

एक वर्षअघिको रकम पनि उद्योगीले अहिलेसम्म भुक्तानी नदिएको भन्दै उखु किसान सडक आन्दोलनमा उत्रिएपछि स्थानीय प्रशासनले समिति गठन गरेर भुक्तानी दिलाउने प्रतिबद्धता जनाएको हो ।

उखु किसानहरुले शुक्रबार बर्दघाटको टीसीएन चोकमा बसेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए ।

राजमार्ग अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने आन्दोलनस्थलमै गएर दसैंअघि भुक्तानी दिलाउने प्रतिबद्धता जनाएका थिए ।

उद्योगीले भुक्तानी गरे/नगरेकोबारे उद्योगहरुको अनुगमन गर्न जिल्ला प्रशासनले पाँच सदस्यीय अनुगमन समिति बनाएपछि आन्दोलन स्थगित गरिएको समितिका अध्यक्ष उमेश यादवले जानकारी दिए ।