
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सेवामुखी हुन कर्मचारीलाई निर्देशन दिएका छन् ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५ औं बार्षिक उत्सवको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उनले राष्ट्रसेवक कर्मचारीले इमान्दारितापूर्वक सेवा गर्नुपर्नेमा जोड दिए ।
जनताको काममा ढिलासुस्ती भएको जनगुनासो बढेको भन्दै मन्त्री पण्डितले जनमुखी भएर काम गर्नको लागि निर्देशन दिएका हुन् ।
सरकारको लक्ष्य सुशासन र विकास भएको भन्दै मन्त्री पण्डितले सरकार लिएको लक्ष्यलाई पूरा गर्नको लागि राष्ट्रसेवक कर्मचारीले इमान्दारीतापूर्वक काम गर्नुपर्ने बताए ।
स्थानीय विकास प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठले प्रतिष्ठानले गरेको कामको समीक्षा गरेका थिए ।
उनले राष्ट्रसेवक कर्मचारी जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने भन्दै प्रशिक्षणले गरेको उउपलब्धीको बारेमा जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्