
कैलाली । प्रदेश नम्वर ७ को राजधानी गोदावरी नगरपालिका वडा नम्वर २ तेघरीको जंगलमा सार्ने तयारी पछि धनगढीमा तनाव भएको छ ।
संसदीय समितीले गोदावरीमा राजधानी उपयुक्त भएको प्रतिवेदन प्रदेश सभामा पेश गरेकै दिनदेखि आन्दोलित धनगढीवासीले आज पनि प्रदर्शन जारी राखेका छन ।
उनीहरुले विहानैदेखि प्रदेश सभा अगाडी प्रदर्शन गरिरहेका हुन ।
उनीहरुले सांसदलाई प्रदेश सभा भवनको मुल गेटबाट प्रवेश गर्न नदिएपछि पछाडीको गेटबाट प्रवेश गराईदैछ ।
संसदबाट प्रदेश नाम र राजधानी तोक्ने तयारी भईरहदा आन्दोलन उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्