१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


विश्व संगीत दिवस मनाइँदै


0
Shares

काठमाडौं, असार ७ । आज विश्व संगीत दिवस मनाइँदै छ ।

नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

अमेरिकी संगीतकार जोल कोहेनले सन् १९७६ मा यस दिवसको अवधारणा ल्याएपछि औपचारिक सुरुवात सन् १९८२ मा फ्रान्सले गरेको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा विश्व संगीत दिवस मनाइँदै आइएको छ ।

अहिले संसारका एक सय बढी देशमा संगीत दिवस मनाउने गरिन्छ ।

संगीतलाई विश्वव्यापी भाषा मानिन्छ । बहुजाति, भाषा, धर्म र संस्कृति भएको हाम्रो देश नेपालमा त वनमा रुने न्याउलीदेखि मुर्चुङ्गाको कम्पनसम्मले मौलिक संगीत सृजना गरिरहेका हुन्छन् ।