ताप्लेजुङ र ताप्लेजुङसहित पूर्वकै समृद्धिसंग जोडिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथि बनेको मोटरेवल पुल सञ्चानमा आएको छ ।
निर्माण सुरु भएको झण्डै एक दशकपछि पुल संचालनमा आएको हो । मेची राजमार्गको मात्रै भरमा रहेको ताप्लेजुङ अब कोशी राजमार्गसंग समेत जोडिएको छ ।
यस्तै मदन भण्डारी राजमार्गहुँदै छोटो दुरीमा ताप्लेजुङसंग तराईलाई सडक सञ्जालले जोड्नसमेत पुलले सघाउ पुर्याएको छ ।
यता जिल्लाका दुई निर्वाचन क्षेत्र पनि सडक सञ्जालले जोडिएका छन् । जिल्लाका सवै स्थानीय तहहरुसमेत सदरमुकमा फुङलिङसंग सडक सञ्जालले जोडिएका छन् ।
तमोर पारी पुल नबनेर प्रयोगविहिन बनेका कच्ची सडकहरु वर्षौपछि पुल बनेर सवारी साधन ओहोरदोहोर गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।
पुल बनेसंगै मेरिङदेन, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाको केन्द्र सम्म सवारीसाधनहरु पुग्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्