१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


अढाइ महिनादेखि हराएका बालकको कङ्काल फेला


0
Shares

हुम्ला, असोज १२ । करिब अढाइ महिनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।

उनी गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएका उनका आफन्त तीलक शाहीले जानकारी दिए ।

साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनकोे खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेको जानकारी दिँदै उनका बुबा जनक शाहीले भने, ‘छोराको कङ्काल पो देख्नुप¥यो ।’ 

उक्त घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख ज्ञहेन्द्र बोगटीले घटनाको अनुसन्धानका लागि तत्काल पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताए ।

मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ । (रासस)