Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


डीडीसीबाट महत्वपूर्ण कागजात सीआईबीले नियन्त्रणमा लियो


1.1k
Shares

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयबाट विभिन्न महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

बुधबार संस्थान पुगेको टोलीले विशेषगरी दूध संकलन, प्रशोधन र उत्पादनसँग सम्बन्धित पुराना प्रगति विवरणहरू संकलन गरेको हो ।

संस्थानका एक कर्मचारीका अनुसार सीआईबीले संस्थानको समग्र उत्पादन अवस्थाबारे चासो राख्दै आवश्यक कागजात मागेको थियो । यो नियमित प्रक्रिया अन्तर्गत कागजात बुझ्न आएको बताइएको छ ।

टोलीले अन्य विषयमा सोधपुछ नगरेको स्रोतले जनाएको छ । यद्यपि, ती कागजात किन संकलन गरिएको हो भन्नेबारे स्पष्ट खुलाइएको छैन । प्रारम्भिक रूपमा भने पुराना उत्पादन विवरणमाथि अनुसन्धान भइरहेको बुझिएको छ ।