काठमाडौं, असोज १२ । उपभोक्तालाई गुणस्तरहीन दैनिक उपभोग्यवस्तु बिक्री–वितरण गर्ने दुई सय व्यावसायिक फर्म तथा उद्योगविरुद्ध सरकारले मुद्दा दर्ता गरेको छ ।
मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अखाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग, कम्पनी, फर्मलाई कारबाही गर्न मुद्दा दर्ता गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
चाउचाउ, पानी, चिया, मसला, क्यान्डी, दूध, मिठाइ, पाउरोटी, दाल, बेसन, बिस्कुट, भुजिया कम्पनीविरुद्ध मुद्दा दायर गरेको विभागको भनाइ छ । विभागले बजार अनुगमनका क्रममा लिएका नमूना खाद्य ऐन विपरीत मिसावट, न्यून गुणस्तर र दूषित भेटिएपछि कारबाही अघि बढाएको विभागले जनाएको छ । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्