Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


इन्भेस्टर्स फोरमको ३० बुँदे माग


0
Shares

काठमाडौं, असोज ११ । नेपाल इन्भेस्टर्स फोरमले बजार सुधार गर्न आग्रह गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष ३० बुँदे माग राखेको छ ।

फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वले बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीलाई मागपत्र बुझाएको हो ।

फोरमले सन्चारमाध्यमका लागि पुँजीबजारसम्बन्धी निर्देशिका जारी गर्न पनि माग गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड तथा अन्य नियामक निकायको मापदन्ड पूरा गर्नसक्ने सक्षम प्राकृतिक व्यक्ति वा संस्थाहरुलाई फ्री इन्ट्री र फ्री एक्जिट सुविधासहित सात प्रदेशमा नयाँ ब्रोकर लाइसेन्स खुला गर्नेलगायतका माग फोरमले अघि सारेको छ ।