Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पुल निर्माण, मर्मतका लागि विश्व बैंकद्वारा १५ अर्ब बराबर ऋण सहयोग


0
Shares

काठमाडौं, असोज ११ । विश्व बैंकले नेपालमा पुल निर्माण, मर्मत एवं सुधारका लागि १५ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने भएको छ ।

बैंकले यसका लागि नेपाललाई १३ करोड ३० लाख अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको हो ।

दोस्रो चरणको पुल सुधार तथा मर्मत कार्यक्रमका लागि गरिएको सहयोगअन्तर्गत् जम्मा ४७७ पुलहरुको मर्मत तथा सुधारमा यो रकम खर्च गरिने बैंकले जनाएको छ ।