Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


बिहीबार पनि झर्‍यो नेप्से


0
Shares

काठमाडौं, असोज ११ । साताको अन्तिम दिन बिहीबार पनि पुँजीबजारमा गिरावट आयो ।

यसदिन नेप्से साढे १० अंकले घटेर १२ सय ६७ विन्दुमा आइपुग्यो । बुधबार पनि नेप्से साढे २ अंकले झरेको थियो ।

होटल र उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले झरेको हो ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ६७ अंकले ओर्लियो ।

यसदिन १६९ कम्पनीका करिब २२ लाख कित्ता सेयर ५७ करोड ३८ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।