Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालले श्रीलंकालाई हरायो


0
Shares

काठमाडौं, असोज ११ । भारतमा जारी ४६औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत् बिहीबार भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ ।

भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो ।

नेपालको जितमा जय गुरुङ नायक बने । उनले खेलको ३५औं मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक सावित भयो ।

नेपालले उक्त च्याम्पियनसिपमा यसअघि खेलका पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो ।

समूह ‘ए’मा रहेको नेपालले चीनलाई ३–१ र अफगानिस्तानलाई १३–१ ले पराजित गरेको थियो । नेपाल थाइल्यान्डसँग २–० र इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।

नेपालले शुक्रबार भारतसँग खेल्नेछ । रासस