काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कतिपय मानिसहरुले देश अप्ठेरोमा गयो भन्ने भाष्य बनाउन खोजेको भन्दै त्यस्तो अफवाहमा नलाग्न आग्रह गर्नुभएको छ ।
रास्वपा सांसदहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा लामिछानेले अहिले देशलाई ट्रयाकमा ल्याउने काम भईरहेको जिकीर गर्नुभयो ।
कतिपय विश्लेषकहरूले देश कहाँ गयो ? अप्ठ्यारोमा पर्यो कि भन्ने जस्ता भाष्य बनाउन खोजेको भन्दै उहाँले देश ट्रयाक बाहिर त हिजो थियो, अहिले त ट्रयाकमा ल्याउने काम भईरहेको छ भन्नुभयो । रास्वपा यो देशे सार्वभौमिकता र अखण्डतामा अडिर रहेको भन्दै उहाँले हुर्किंदै गरेका सन्तानप्रति पनि आफूहरु सचेत रहेको बताउनुभयो ।
रवि सभापति लामिछान आफू जीवनी लेख्न नभई ईतिहास लेख्न राजनीतिमा लागेको भन्दै उहाँले प्रधानमन्त्री बालेन शाह र आफू लामो र दिगो यात्रामा रहेको बताउनुभयो ।
रास्वपा सभापति लामिछाने, पार्टीका नेता, सांसदहरूका अभिव्यक्ति, क्रियाकलापले पार्टीलाई भोट दिनेहरूमा निराश बनाउन सक्ने भन्दै उहाँले त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो ।
आशा र भरोसा बोकेर, कुप्रो शरीर लठ्ठी टेक्दै गएर घन्टीमा भोट हालेका वृद्ध बाआमाको, दाजुभाइ दिदीबहिनीहरूको मनोभावनामा चोट पुग्यो कि भन्ने कुरा बुझ्नुपर्ने भन्दै लामिछानेले अन्तर्वार्ता दिंदा, फेसबुक स्ट्याटस लेख्दा र अभिब्यक्ति दिंदा यस्ता विषय ध्यान राख्न सचेत गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्