Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


पर्यटकलाई स्वागत गरेर मनाइयो लमजुङमा पर्यटन दिवस


0
Shares

नवीनराज कुइँकेल (इमेज)

लमजुङ, असोज ११ । अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई स्वागत गरेर लमजुङमा बिहीबार विश्व पर्यटन दिवस मनाइएको छ ।

अन्नपूर्ण पदमार्ग भ्रमणमा आएका पर्यटकहरुलाई बेसीसहरमा स्वागत गरिएको हो । उनीहरुलाई खादा र फूलका गुच्छा दिएर स्वागत गरिएको थियो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटक चेकजाँच केन्द्रअगाडि आयोजना गरिएको स्वागत कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललगायतले पर्यटकलाई खादा ओढाएर स्वागत गरेका थिए ।

विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवर्धन गर्ने महत्वपूर्ण आधार हो । नेपाललाई अन्तर्राष्ट्रियजगतमा प्रवर्धन गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ ।

तर, यो दिवसलाई केवल ‘कर्मकान्डी’कारुपमा औपचारिकतामात्र निभाइँदै आएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

पर्यटन क्षेत्रका लागि यो ठूलो पर्व भएपनि यसलाई ‘इभेन्ट’कारुपमा लैजान नसक्दा प्रभावकारी हुन नसकेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।