काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकृयामा अनियमितता भएको निष्कर्ष निकाल्दै थप छानविन गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले अनियमितताबारे सम्बन्धित निकायँग छलफल गर्ने निर्णय गरेको हो ।
समितिले कतिपय संघ संस्थाहरुको लेखापरीक्षण नै नभएकाले यसवारे महालेखापरीक्षकको कार्यालयसंग पनि छलफल गर्नेे निर्णय गरेको छ ।
बैठकमा सांसदहरुले महालेखापरीक्षकको लेखापरीक्षणको प्रभावकारितावारे पनि चासो राखेका थिए ।
यसैगरी राष्ट्रिय गौरवको आयोजना काठमाडौं निजगड फास्ट ट्रयाकमा हालसम्म ११ अर्वभन्दा बढी खर्च भइसकेको र फास्ट ट्रयाकको कामविना नक्सा भइरहेको भन्दै समितिका सदस्यहरुले सरोकारवाला पक्षको ध्यानाकर्षण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्