२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


संघीय संसदको वर्षे अधिवेशन आजबाट सकिदै


0
Shares

काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को वर्षे अधिवेशन आजबाट अन्त्य हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ ।

यही संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई अधिवेशन अन्त्यको पत्रमार्फत् जानकारी गराएको छ ।

आजको बैठकमा सभामुख कृष्णबहादुर महराले अधिवेशनका क्रममा भएका गतिविधिबारे जानकारी गराएर अधिवेशन अन्त्यको घोषणा गर्ने कार्यतालिका छ ।

गत वैशाख २३ बाट शुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औंपटक र राष्ट्रियसभाको ६१ औंपटक बसेर अन्त्य हुन लागेको संसद् सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन ।

तर एक चौथाइ सदस्यले बैठक आह्वानका लागि लिखित आग्रह गरेमा बोलाउनुपर्ने प्रावधान छ ।