Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


कपिलवस्तुमा सवारी दुर्घटनामा परी २ जनाको ज्यान गयाे, ३ घाइते


208
Shares

काठमाडाैं । कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुर्घटनामा तीन जना घाइते भएकाे जनाएको हाे। कपिलवस्तु नगरपालिका–१२, पिपरहवामा रोकिराखेको ट्रकमा शनिबार राति जीप ठोक्किएर दुर्घटना भएको हो । ज्यान गुमाउनेहरूमा महाराजगञ्ज नगरपालिका–११ बनगाईका राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६, धर्मनगरका चिन्नी कुर्मी रहेका छन् ।

घाइते भएका नन्दप्रसाद दुबे, मोतिलाल कुर्मी र सुरेश कुर्मीको तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको हाे । युपी–३२ सिए ८३४३ नम्बरको जीप रोकिराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको थियो ।