काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीहरू भत्काइएको छ ।
काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायहरूले थापाथली र गैरीधारी क्षेत्रका सुकुम्वासी बस्तीहरूमा डोजर चलाएर संरचनाहरू भत्काएका छन् ।
बस्तीका बासिन्दाहरूले विरोध जनाए पनि प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै ती स्थानका संरचनाहरू भत्काउने कार्य सम्पन्न गरेको छ ।
शुक्रवार भने सुकुम्वासीहरुले प्रदर्शन गरेका थिए । यसैबीच, मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्ती यतिबेला निकै त्रासमा छ ।
त्यहाँका स्थानीयहरू आफ्नो सामानहरू ओसारपसार गरिरहेका छन् र बस्ती कुनै पनि बेला भत्काइने डरमा छन् । प्रशासनले सो क्षेत्रमा पनि डोजर लगाएर संरचना भत्काउने तयारी गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्