Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


रूद्रवेणी‐वामीटक्सार‐खरबाङ् सडक फेरि पूर्णरूपमा बन्द


0
Shares

काठमाडाैं । गुल्मीको रुद्रवेणी‐वामीटक्सार‐खरबाङ् सडक बुधबारदेखि फेरि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने द्रवेणी–वामीटक्सार–खरबाङ् सडक खण्ड बुधबारदेखि फेरि बन्द गर्न लागेको जनाएको हाे । यो सडक खण्डको सत्यवती गाउँपालिका सिस्ने भिर क्षेत्रमा गत माघ २६ गतेदेखि सडक स्तरोन्नति गर्ने काम थालिएको थियो ।

बुधबारदेखि २० गतेसम्म चौबीसै घण्टा सडक बन्द गरी काम हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । सडक बन्द हुँदा वैकल्पिक रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे र मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटेभित्री सडक प्रयोग गर्न सकिने भएकाे छ ।