१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


चीनले हस्तक्षेप गर्न खोजेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो जीत नचाहेको जीकिर गरेका छन् ।

परमाणु, रासायनिक र जैविक हतियारमा रोक लगाउने विषयमा सुरक्षा परिषदको बैठकमा राष्ट्रपति ट्रम्ले यस्तो आरोप लगाएका हुन ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेसँगै अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर विवाद चल्दै आएको छ ।

चिनियाँ विदेशमन्त्री वागं यीले भने ट्रम्पको दाबीलाई अनुचित भन्दै खारेज गरिदिएका छन् ।

विदेशमन्त्री यीले चीनले अन्य देशको आन्तरिक मामिलामा दखल नदिने स्पस्ट पारेका छन् ।

चीनले हमेशा दोस्रो देशको घरेलु मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको पालना गर्दै आएको भन्दै विदेशमन्त्री यीले यस्ता आरोपको स्वीकार नगर्ने जवाफ दिए ।

आगामी नोभेम्बर ६ मा अमेरिकाका मध्यावधि निर्वाचन हुँदैछ  । चीनले चुनावमा हस्तक्षेप गर्न खोजेको ट्रम्प प्रशासनको यो पहिलो आरोप भने होइन ।

पछिल्लो महिना अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनले रुस, उत्तर कोरिया, इरान चीनले अमेरिक चुनावमा हेरफेरको योजना बनाएको आरोप लगाएका थिए । (एजेन्सी)